२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

- विशेष खबर बिहिबार ०२, भदौ २०७९ १०:०३

टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ ।

आजदेखि लागू भएको सो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । 

इन्डिया भ्वाइस प्याक दैनिक  सुविधा अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु ५९ मा उपलब्ध छ ।

त्यसैगरी साप्ताहिकअन्तर्गत ७५ मिनेट र मासिकमा दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक क्रमशः दुई सय ५९ रूपैंयामा र सात सय ५९ रूपैंयामा उपलब्ध छन् ।

एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न



सकिने टेलिकमको भनाइ छ । प्याकेज गरिद गर्न ‘स्टार १४१५ ह्यास’ डायल गरी सात नम्बर छनोटपश्चात खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । 


प्रतिकृया दिनुहोस