२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

घट्याे सुनको मूल्य

- विशेष खबर बुधबार ०१, भदौ २०७९ ११:२३

घट्याे सुनको मूल्य

काठमाडाैं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय रूपैंया तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सय रूपैंयाले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० रूपैंया कायम रहेको महासङ्घले जनाएको छ । 


प्रतिकृया दिनुहोस