२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

शेयर खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे बाट

- विशेष खबर मङ्गलबार २४, साउन २०७९ ०५:५८

शेयर खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे बाट

काठमाडौं। शेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सकिने भएकाे छ ।

हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन् ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहजहुने साथै भुक्तानी सेवाप्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको  शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए।

यो भुक्तानी रियल–टाईममाहुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन्। यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ । 


#आइएमई पे

प्रतिकृया दिनुहोस