२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सार्वजनिक गाडीको भाडा बढ्‍यो, कहाँको कति?

- विशेष खबर मङ्गलबार २८, असार २०७९ ०७:४५

सार्वजनिक गाडीको भाडा बढ्‍यो, कहाँको कति?

काठमाडाैं । सरकारले सार्वजनिक सवारी साधनकाे भाडा पुनः बढाएकाे छ। यातायात व्यवस्था विभागले साेमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।  

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतका दरले भाडा बढेको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ। बढेको भाडादर सोमबारदेखि लागूभइसकेकाे छ।

नयाँ भाडादर हेर्न क्लिक गर्नुहाेस् । 

 


प्रतिकृया दिनुहोस