२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेपालमा फेरि बढ्यो इन्धनको भाउ, कुनमा कति ?

- विशेष खबर मङ्गलबार २१, असार २०७९ ०७:५२

नेपालमा फेरि बढ्यो इन्धनको भाउ, कुनमा कति ?

​काठमाडौं । नेपालमा इन्धनको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू भएकाे आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।   

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाइ छ ।

​​


प्रतिकृया दिनुहोस