२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

बीगमार्टमा स्मार्ट क्यूआर स्क्यान गर्दा रु २५०० सम्मको छुट

- विशेष खबर सोमबार २०, असार २०७९ ०५:५०

बीगमार्टमा स्मार्ट क्यूआर स्क्यान गर्दा रु २५०० सम्मको छुट

काठमाडौं। आइएमई पे र स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिनेछ ।

डिजिटलाइज नेपाल संगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू.२५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 


#आइएमई पे #स्मार्ट क्यूआर

प्रतिकृया दिनुहोस