२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

- विशेष खबर सोमबार ३०, जेठ २०७९ १०:४३

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् ।

महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस