२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

तातोपानीबाट सबै किसिमका सामान खुला

शुक्रबार २६, बैशाख २०७७ १०:२३

तातोपानीबाट सबै किसिमका सामान खुला

काठमाडाैं । मेडिकल र खाद्यान्र  सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका बिहीबारदेखि सबै सामग्रीका लागि खुला गरिएको छ ।

जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने निर्णय गरेको हो ।

नाकामा स्वास्थ्य प्रोटोकलको पालना गर्दै दिनहुँ १० वटा कन्टेनरबाट आवश्यक सामान भएकाे छ । व्यापारिक सामग्रीमा किटानाशक औषधि छर्किनेलगायत सबै प्रक्रिया पुर्‍याएर मात्रै ल्याइने छ ।

स्थानीय, जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने र एक महिनामा समीक्षा गर्ने पनि सहमति भएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम हेल्थ डेस्कको मेडिकल सेट ल्याएर नाकामा स्वास्थ्य परीक्षण कडाइ गरिएको छ । चीन–नेपाल आउजाउ गर्दा सबै विवरण लेखिएको पासको व्यवस्था गरिएको छ । ३० मिनेट कन्टेनर रोकेर डिसइन्फक्टेट स्प्रे गरिनेछ ।

छलफलमा भएका सहमतिलाई आधार मानेर तातोपानी सुक्खा बन्दरगाह भन्सार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । सबै व्यवसायी नाका खोल्न सकारात्मक देखिएकाले स्वास्थ्यलाई सावधानी अपनाउँदै नाकालाई सञ्चालनमा आएको श्रेष्ठकाे भनाइ छ ।


#नाका

प्रतिकृया दिनुहोस