२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बुवा-आमाको हत्या आरोपमा छोरा पक्राउ

शुक्रबार २६, बैशाख २०७७ ०६:१२

बुवा-आमाको हत्या आरोपमा छोरा पक्राउ

तेह्रथुम। फेदाप गाउँपालिका-५ साबिक ईसिबु-१ का एक युवक बावु-आमाको हत्या आरोपमा पक्राउ परेका छन्। बिहीबार साँझ बावु-आमाको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय कञ्चन लिम्बुलाई नियन्त्रणमा लिएको हो। 

हत्या गरेर भाग्दै गरेको अवस्थामा कंचनलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

कञ्चनलाई  बिहीबार साँझ ६ बजे घरायसी विवादका क्रममा ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र आमा ३५ वर्षीय ईसा खापुङ लिम्बुलाई बञ्चरोले हानेर हत्या गरेको आरोप छ। बञ्चरो प्रहारबाट गम्भीर घाइते दम्पतीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

मृतक ईसाको ७ महिनाको नाबालक छोरीसमेत रहेको वडाध्यक्ष टेकबहादुर घिसिङले बताए।


#हत्या

प्रतिकृया दिनुहोस