शुक्रबार २६, बैशाख २०७७ ०४:११
काठमाडौं । बुधबारको मन्त्रीपरिषद बैठकले केही उद्योग प्रतिष्ठानसहित विभिन्न सेवामुलक क्षेत्रलाई सुरक्षा विधि अपनाउँदै सञ्चालन गर्न दिए पनि केही क्षेत्र अझै पनि नखोल्ने निर्णय गरेको छ ।
विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु संचालन गर्न पाइने छैन ।
त्यस्तै होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ ।
अर्को आदेश वा सूचना जारी नभएसम्म देहायका स्थानरस्थलहरू बन्द रहनेछन् र देहायका क्रियाकलापहरू सञ्चालन गर्न पाइने छैन
- विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सवै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरू।
- गैरखाद्य वस्तु विक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थलहरू ।
- सार्वजनिक जमघट, धार्मिक स्थलहरू (मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा आदि) मा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू।
(घ) रङ्गशाला, खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन, व्युटीपार्लरहरू ।
(ङ) होटल, वार, रेष्टुरेण्टहरू।
(च) स्थानीय प्रशासनबाट सवारी पास पाएकाबाहेक सवै प्रकारका यात्रुबाहक सवारी साधनहरू।
(छ) १२ वर्ष मुनिका बालबालिका, अशक्त भएका व्यक्ति, विरामी, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको आवतजावत तथा हिँडडुलका गतिविधिहरू।
(ज) आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक यात्रुबाहक हवाई उडान।
(झ) केवलकार सेवा र रेलवे सेवा।
प्रतिकृया दिनुहोस