२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

आज देशभर मौसमको अवस्था यस्ताे छ

- विशेष खबर शनिबार १४, जेठ २०७९ ०८:३३

आज देशभर मौसमको अवस्था यस्ताे छ

काठमाडाैं । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा हाल माैसम प्रभावित भइरहेकाे छ। 

शनिबार बिहान देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि  सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 


प्रतिकृया दिनुहोस