२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

बैंगलोर क्वालिफायरमा, लखनउ बाहिरियाे

एजेन्सी बिहिबार १२, जेठ २०७९ ०७:४३

बैंगलोर क्वालिफायरमा, लखनउ बाहिरियाे

काठमाडाैं । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

पराजित लखनउ बाहिरिएको छ भने गुजरात फाइनल पुगिसकेको छ ।

बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो । त्यसअघि कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको योगफल तयार पारेको थियो । 


प्रतिकृया दिनुहोस