२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

इलाममा विद्युत् आपूर्ति बन्द, सेवा प्रभावित

- रासस बुधबार ११, जेठ २०७९ ०७:४८

इलाममा विद्युत् आपूर्ति बन्द, सेवा प्रभावित

मंगलबारे । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । 

सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने  काम प्रभावित भएको बताइएको छ । 

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन ।

केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए । उनले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताए।  


प्रतिकृया दिनुहोस