- विशेष खबर मङ्गलबार ०३, जेठ २०७९ १०:४१
काठमाडाैं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो ।
गत चैतमा भाडादर निर्धारण गर्दाभन्दा अहिले डिजेल प्रतिलिटर १५ रूपैंया वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा चार दशमलव छ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा पाँच दशमलव एक प्रतिशत भाडा बढाइएको हो ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत चैत १७ मा भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य १३८ रूपैंया रहेकामा हाल १५३ रूपैंया कायम भएको छ ।
प्रतिकृया दिनुहोस