२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी सोमबार २६, बैशाख २०७९ १०:५२

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

काठमाडौं । श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो ।

राजापाक्षेको राजीनामाले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त हुने सम्भावना देखिएको अन्तर्राष्ट्रिय मिडियाहरूको टिप्पणी छ । यसअघि राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार एक विशेष बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए ।

यससँगै राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद्‍ गठनका लागि सर्वदलीय बैठक आह्वान गर्नसक्ने अपक्षा गरिएको छ । तर यसअघि विपक्षी दल समगी जन बालवेगयाका नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

सोमबार बिहान भने प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीसको अगाडि प्रधानमन्त्रीका समर्थकहरूले उनलाई राजीनामा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा विरोधीहरूसँग झडप हुँदा उत्पन्न तनाव कम गर्न प्रहरीले कर्फ्यू समेत घोषणा गरेको थियो ।


प्रतिकृया दिनुहोस