२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

शिवपुरीकाे जंगलमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

- विशेष खबर मङ्गलबार १३, बैशाख २०७९ ०६:१९

शिवपुरीकाे जंगलमा आगलागी, नियन्त्रणकाे प्रयास जारी
फाइल तस्बिर ।

काठमाडाैं। काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी भएको छ। मंगलबार अपरान्ह सुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ।

दिउँसो १ बजेदेखि तारे भीर नजिकै सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेकाे छैन। निभाउनका लागि हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ। 

प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन।  आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। माथिबाट नेपाली सेना र तलबाट सशस्त्र प्रहरी, नेपाल  प्रहरी र म्यादी प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन्।


#आगलागी

प्रतिकृया दिनुहोस