२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

कैलालीको मुक्त कमैया शिविरमा भिषण आगलागी

- विशेष खबर आइतबार ११, बैशाख २०७९ ०५:२३

कैलालीको मुक्त कमैया शिविरमा भिषण आगलागी
तस्बिरः सामाजिक सञ्जाल ।

धनगढी । कैलालीको कैलारी गाउँपालिका ७  रामपुरको बिपत्तपुर मुक्त कमैया शिविरमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरका अनुसार आइतबार दिउँसो भएको आगलागीबाट ५० भन्दा बढी घरहरु जलेको छ । आगलागी अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन ।

घरभित्रका अन्न लत्ताकपडा लगायतका सम्पत्ति धेरैको जलेर खरानी भएको छ । एसपी राठौरले आगलागीको कारण खुल्न नसकेको बताए । ‘आगो नियन्त्रणको प्रयासमै रहेका छौं,’ उनले भने,‘क्षतिको यकिन विवरण र कारणपछि थाहा होला ।’ धनगढी उपमहानगरपालिका्, टिकापुर, भजनीलगायत स्थानीय तहबाट ४ वटा दमकलबाट आगलागी निभाउने प्रयास भइरहेको बताए ।


#कैलाली #आगलागी

प्रतिकृया दिनुहोस