२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

बैंकको निक्षेपमा सुधार, एक सातामै ११ अर्ब निक्षेप थपियाे

- विशेष खबर सोमबार २३, फागुन २०७८ ०७:३३

बैंकको निक्षेपमा सुधार, एक सातामै ११ अर्ब निक्षेप थपियाे

काठमाडौं । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुको पछिल्लो एक सातामा भने बैंकहरुको निक्षेप सुधारिएको छ । जति कर्जा लगानी भएको छ त्यो भन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ ।

फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । अर्थात एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । उता कर्जा लगानी पनि यस अघिको जस्तो धेरै बढेको छैन ।

जति निक्षेप थपियो त्यसको आधा भन्दा कममात्रै कर्जा लगानी भएको छ । १३ फागुनसम्म बैंकहरुमा ४१ खर्ब ६५ अर्ब रुपैयाँ बैंकहरुको कर्जा लगानी भएको थियो । एक हप्ताको अवधिमा ५ अर्ब रुपैयाँ बढेर २० फागुनमा कर्जा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।


#बैंक #निक्षेप #कर्जा लगानी

प्रतिकृया दिनुहोस