२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

- विशेष खबर बुधबार १८, फागुन २०७८ १०:४१

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ तिन पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ  ८२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३  पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ दुई पैसा  र बिक्री दर १० रुपैयाँ सात पैसा कायम भएको छ ।


प्रतिकृया दिनुहोस