२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

सेयर बजार दाेहराे अंकले बढ्याे, सबै सूचक उकालाे

- विशेष खबर सोमबार ०९, फागुन २०७८ ०३:४१

सेयर बजार दाेहराे अंकले बढ्याे, सबै सूचक उकालाे

काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २५.४१ अंकले बढेर २७१८ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ९९ करोडमा सीमित भयो । 

बैंकिङ १६, ब्यापार ८, होटल तथा पर्यटन ३४, विकास बैंक २२, जलविद्युत ७२, फाइनान्स २७, निर्जीवन बीमा ३९, उत्पादन ६६, अन्य २९, लघुवित्त १२, जीवन बीमा १९ र लगानी उपसमूह १ अंकले बढे । कुल १५४ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ४ को स्थिर रह्यो । युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको मूल्य ९.६ तथा नेपाल हाइड्रो डेभलपर्सको ७.१ प्रतिशतले बढ्यो ।

कारोबारका आधारमा नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र नेसनल हाइड्रोपावर क्रमश: अगाडि रहे ।


#सेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस