२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

प्रहरीमा तीनजना एआईजी थप गर्ने सरकारकाे निर्णय

- विशेष खबर बिहिबार ०५, फागुन २०७८ ०५:४४

प्रहरीमा तीनजना एआईजी थप गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिइन् । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।

थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।

थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबिङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् । सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।


#प्रहरी #मन्त्रिपरिषद् बैठक #एआईजी

प्रतिकृया दिनुहोस