- विशेष खबर आइतबार २३, माघ २०७८ ०८:३३
काठमाडौं । फागुन १ गतेदेखि नेपालमा रेल चल्ने भएको छ । जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो ।
औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ । अहिले सर्वसाधारणलाई सचेतनाका लागि दिनमा एक पटक रेल चलाउन लागिएको हो ।
यात्रु नबोकी फागुन १ देखि दिनमा एक पटक रेल चलाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् । उनका अनुसार जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागिएको छ ।
अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, संचार सुविधा लगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए । ट्रयाक क्लियर हुन सकेको छैन । ठाउँ–ठाउँमा हाट बजार लागिरहेको छ, टहरा बनाइएको छ । हामी ट्रली चढेर जाँदा पनि मान्छे लिकमै हिँडिरहेका देखिए। रेलको प्राविधिक अवस्था कस्तो छ भन्ने बुझ्न पनि अहिले यात्रु नराखी रेल चलाउन खोजेका हौं,’ उनले भने ।
प्रतिकृया दिनुहोस