२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

टावरमा चट्याङ परेपछि भैरहवा विमानस्थल बन्द, भाेलि दिउँसाेसम्म मर्मत हुने

- विशेष खबर शुक्रबार २१, माघ २०७८ ०९:०९

टावरमा चट्याङ परेपछि भैरहवा विमानस्थल बन्द, भाेलि दिउँसाेसम्म मर्मत हुने

भैरहवा । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

शुक्रबार दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। 

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् ।

महाप्रबन्धक दाहालका अनुसार काठमाडाँैबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ । 


प्रतिकृया दिनुहोस