२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना पुष्टि, १२ जनाकाे मृत्यु

- विशेष खबर बुधबार १९, माघ २०७८ ०४:५४

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना पुष्टि, १२ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा ११ हजार ५८२ परीक्षणमा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । 

मन्त्रालयका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षणमा २ हजार २०५ र ५ हजार ८३ परीक्षणमा १ हजार ४३२ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा ७ हजार ५५५ जना निको र १२ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ८ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।


#काेराेना संक्रमण #मृत्यु

प्रतिकृया दिनुहोस