२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

फेरि बढ्याे इन्धनकाे मूल्य, पेट्रोल अहिलेसम्मकै महंगाे

- विशेष खबर मङ्गलबार १८, माघ २०७८ ०९:१५

फेरि बढ्याे इन्धनकाे मूल्य, पेट्रोल अहिलेसम्मकै महंगाे

काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।

योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२५ रूपैंया तथा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रूपैंया पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैंयाले वृद्धि गरी प्रतिलिटर ११६ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।


प्रतिकृया दिनुहोस