२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने सर्वोच्चको फैसला

- विशेष खबर बुधबार १२, माघ २०७८ ०४:५५

समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।

आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

सर्वोच्चले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोकिएको विषयमा भने बाटो खुलाइदिएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार अब लोकसेवा आयोगले नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गर्नुपर्नेछ भने बाँकी परीक्षार्थीहरुको लिखित परीक्षा लिनुपर्नेछ ।


#सर्वोच्च अदालत #कर्मचारी # समायोजन

प्रतिकृया दिनुहोस