२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सोमपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएकाे विश्व कीर्तिमान तोडियो

- विशेष खबर सोमबार १०, माघ २०७८ ०२:२९

सोमपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएकाे  विश्व कीर्तिमान तोडियो

काठमाडौं । वेस्ट इन्डिजका अकिल होसेनले नेपाली क्रिकेटर सोमपाल कामीको विश्व कीर्तिमान तोडेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दशौं नम्बरका ब्याट्सम्यानका रुपमा सोमपालले बनाएको सर्वाधिक रनको कीर्तिमान होसेनले तोडेका हुन् ।

सोमपालले सन् २०१४ मा दशौं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएर विश्व कीर्तिमान कायम गरेका थिए ।  सोमपालले सन् २०१४ को नोभेम्बर २४ मा श्रीलंकामा हङकङविरुद्धको खेलमा दशौं नम्बरमा ब्याटिङ गर्दै उक्त कीर्तिमान बनाएका थिए । 

तर इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी खेलमा दशौं नम्बरमा ब्याटिङ गर्न आएका वेस्ट इन्डिजका होसेनले अविजित ४४ रन बनाउँदै सोमपाललाई पछि पारेका हुन् । होसेनले १६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४४ रन बनाउदै कीर्तिमान कायम गरे ।


प्रतिकृया दिनुहोस