२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

सेयर बजार दोहोरो अंकले घट्याे

- विशेष खबर मङ्गलबार ०४, माघ २०७८ ०४:०३

सेयर बजार दोहोरो अंकले घट्याे

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । दिउँसो १२: ४९ बजे २९८१ अंकसम्म पुगेको बजार अन्तत: बन्द हुँदा १०.७८ अंकले घट्न पुग्यो । आजको कारोबारपछि नेप्से २९३६ अंकमा कायम भएको छ ।

यस दिन ४५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ को घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो ७ अर्ब ९० करोडको धिताेपत्र कारोबार भएको थियो ।

बैंकिङ २२, होटल तथा पर्यटन ४२ र अन्य उपसमूह २९ अंकले बढे । विकास बैंक १३०, फाइनान्स ६९, जलविद्युत ३६, लगानी २, जीवन बीमा १९८, उत्पादन १८६, लघुवित्त ८९, निर्जीवन बीमा १७८ र व्यापार उपसमूह ८५ अंकले घटे ।

सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढ्यो । मध्यभोटेकोसी जलविद्युतको मूल् ८.१ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।


#सेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस