२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

जीप भीरबाट खस्याे, चार जनाकाे घटनास्थलमै मृत्यु

- रासस शुक्रबार ३०, पुष २०७८ १०:०३

जीप भीरबाट खस्याे, चार जनाकाे घटनास्थलमै मृत्यु

दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

धरमपानीस्थित हटिया भन्ने ठाउँमा ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

अन्य ८घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको छ । मृतकहरूकाे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस