२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

६३ अंक बढ्यो सेयर परिसूचक, ४ अर्ब ३२ करोडकाे काराेबार

- विशेष खबर मङ्गलबार २०, पुष २०७८ ०४:०५

६३ अंक बढ्यो सेयर परिसूचक, ४ अर्ब ३२ करोडकाे काराेबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ६३.०१ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६७९ अंकमा पुगेको छ । कारोबार रकम भने खुम्चिएको छ । सोमबार ४ अर्ब ५३ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३२ करोडमा सीमित भएको छ । 

उत्पादन समूह ४२ र अन्य उपसमूह ६ अंकले घटे । तीबाहेकका सबै उपसमूह बढेका छन् । बैंकिङ ६३, विकास बैंक २३२, फाइनान्स ७९, होटल तथा पर्यटन ६४, जलविद्युत ८७, लगानी २, जीवन बीमा १६०, माइक्रोफाइनान्स ९१, निर्जीवन बीमा ४० र ब्यापार समूह ५६ अंकले बढेका छन् ।

४ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । श्रीइन्भेष्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक, मध्यभोटेकोसी जलविद्युत र एसबिआई बैंकको मूल्य १० प्रतिशत बढेको हो । सिन्धु विकास बैंकको मूल्य ९.४ प्रतिशतले बढ्यो । कारोबारका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो ।


#सेयर बजार #कारोबार

प्रतिकृया दिनुहोस