२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

सेयर बजारमा झण्डै ७० अंकको पहिरो, सबै उपसमूह राताम्मे

- विशेष खबर सोमबार १२, पुष २०७८ ०४:५८

सेयर बजारमा झण्डै ७० अंकको पहिरो, सबै उपसमूह राताम्मे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से करिब ७० अंकले घटेको छ । ६९.७७ अंकले घटेसँगै नेप्से २५२१ अंकमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ । दिनभर ५ अर्ब ६० करोडको सेयर किनबेच भयो ।आइतबार ५ अर्ब १७ करोडको कारोबार भएको थियो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ २७, ब्यापार ६८, होटल तथा पर्यटन ४२, विकास बैंक १७३, जलविद्युत १०८, फाइनान्स ७०, निर्जीवन बीमा ६१८, उत्पादन ११६, अन्य ९३, माइक्रोफाइनान्स ११९, जीवन बीमा २९० र लगानी उपसमूह ३ अंकले घटेका छन् ।

कुल १८२ कम्पनीको मूल्य घट्दा ८ को बढ्यो । दुई कम्पनी गोर्खा फाइनान्स र मध्यभोटेकोसीको मूल्य १० प्रतिशतले बढेको छ । हालै सूचीकृत मध्यभोटेकोसीको मूल्य प्रतिकित्ता १२१ रुपैयाँ पुगेको छ । जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ८.५ प्रतिशतले घट्यो ।


#सेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस