२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

सेयर बजारमा ८८ अंकको पहिरो, सबै उपसमूह राताम्मे

- विशेष खबर आइतबार २६, मङि्सर २०७८ ०४:२२

सेयर बजारमा ८८ अंकको पहिरो, सबै उपसमूह राताम्मे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजारको परिसूचक नेप्से ८८.७० अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २३६१ अंकमा कायम भएको छ । यो अंक करिब ११ महिनायताकै न्यून हो । भदौ २ गते नेप्सेले हालसम्मै उच्च अंक ३१९८ रेकर्ड बनाएपछि ओरालो यात्रामा छ । 

कारोबार रकममा आइतबार सामान्य सुधार देखिएको छ । ३ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि गत बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो । तरलता संकट चुलिँदै जाँदा सेयरमा खरिद पक्ष झनै कमजोर बनेको छ । बजारमा पेनिक सेल बढेको छ ।

सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४४, ब्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैंक २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रोफाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अंकले घटे ।

आइतबार १८४ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ५ कम्पनीको मात्रै बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २ प्रतिशत बढ्यो । मूल्य बढेका अरू ४ कम्पनीमा स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स छन् । नयाँ सारथी लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।


#सेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस