२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

परम्परागत नीतिहरुलाई समयानुसार परिवर्तन गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल

- विशेष खबर बुधबार २२, मङि्सर २०७८ ०५:१४

परम्परागत नीतिहरुलाई समयानुसार परिवर्तन गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य पनि हासिल हुने बताएका हुन् ।

‘यो अटोमोबाइल सेक्टरको मात्रहोइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवालापक्षहरुसँग छलफल गरी पुरानानीतिनियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ । यसकालागि राज्यले अग्रसरता लिनुपर्छ,’उनले भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहलगर्नुपर्ने बताए ।

‘अहिले मुलुकभित्र दुईपाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाकालागि सरकारले बढावा दिनुपर्ने हुन्छ,’ उनले भने ।

विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने समेत बताए ।
 


#नेपाल उद्योग वाणिज्य महासंघ #चन्द्रप्रसाद ढकाल

प्रतिकृया दिनुहोस