२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

रेडियो नेपालमा ३९ जनालाई जागिर खुल्याे (विज्ञापनसहित)

शुक्रबार २६, कार्तिक २०७८ ०८:२७

रेडियो नेपालमा ३९ जनालाई जागिर खुल्याे (विज्ञापनसहित)

काठमाडाैं । रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ। आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।

सबैभन्दा धेरै १० जना प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ। ईञ्जिनियर ३ जना माग भएको छ।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ। अन्य १९ जना भने विभिन्न पदका लागि छन्। लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो।

रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरेर २१ दिनभित्र आवेदन दिन सकिनेछ ।  


प्रतिकृया दिनुहोस