२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

फेरि बढ्याे इन्धनको मूल्य, ग्यास सिलिन्डरकाे १५७५ रुपैयाँ

- विशेष खबर बुधबार २४, कार्तिक २०७८ ०९:५३

फेरि बढ्याे इन्धनको मूल्य, ग्यास सिलिन्डरकाे १५७५ रुपैयाँ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याएकाे छ । पेट्रोल, डिजेल र मट्टितेलकाे प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजन पछि पनि ग्यासमा प्रति सिलिन्डर ६५७.८४, पेट्रोलमा प्रति लिटर १७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ ।


प्रतिकृया दिनुहोस