२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

चाडपर्व लक्षित अनुगमन बिहीबारदेखि

बिहिबार ०७, असोज २०७८ ०८:१७

चाडपर्व लक्षित अनुगमन बिहीबारदेखि

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् ।

असोज १ देखि दैनिक ७ वटासम्म अनुगमन टोली खटाइरहेकाे तर चाडपर्व लक्षित अनुगमन बिहीबारदेखि सुरु हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

यस्तै अनुगमन प्रदेश सरकार र स्थानीय तहले पनि गर्नेछन् । विभागले उपत्यकासँगै सबै जिल्लामा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना बनाएको छ । 


प्रतिकृया दिनुहोस