२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

इन्टरनेटको शुल्क तीन सयसम्म बढाउन माग

- विशेष खबर बिहिबार ३१, भदौ २०७८ ०९:४३

इन्टरनेटको शुल्क तीन सयसम्म बढाउन माग

काठमाडौं । इन्टरनेटको शुल्क बढाउन माग गर्दै इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको छ ।

बुधबार आइस्पानको बैठकले मूल्य बढाउन प्राधिकरणमा निवेदन हाल्ने प्रस्ताव पारित गरेको थियाे । बिहीबार उक्त निवेदन दर्ता भएको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

सहरी क्षेत्रमा प्रतिमहिना प्रतिग्राहक १ सय ५० रुपैयाँ र ग्रामीण क्षेत्रमा प्रतिमहिना प्रतिग्राहक ३ सय रुपैयाँ शुल्क बढाउन प्राधिकरणसँग स्वीकृति मागिएको छ । इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकले आफ्नो शुल्क हेरफेर गर्दा प्राधिकरणको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्राधिकरणसँगको पोल भाडादर विवाद उत्कर्षमा पुगेका बेला व्यवसायीले शुल्क बढाउन दबाब दिएका हुन् । प्राधिकरणको पोल र फाइबर बिछ्याउने संरचनाको भाडादर महँगो भएकाले इन्टरनेटको शुल्क पनि बढाउनुपरेको उनीहरुको दाबी छ । दूरसञ्चार प्राधिकरणले यसबारे निर्णय भने गरिसकेको छैन ।


प्रतिकृया दिनुहोस