२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्काे निर्णय

- विशेष खबर बिहिबार १०, भदौ २०७८ ०७:०६

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई १० लाख दिने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं । तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

भारतको बाटो भएर सदरमुकाम आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।


#मन्त्रिपरिषद् बैठक #जयसिंह धामी

प्रतिकृया दिनुहोस