२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

- रासस मङ्गलबार ०८, भदौ २०७८ ०५:१२

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ बजेसम्मको समयावधि हटाइएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए । 

उनले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताए ।

साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।


#उपत्यका #काठमाडौं

प्रतिकृया दिनुहोस