२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

अफगानिस्तानमा रहेका नेपालीकाे तत्काल उद्धार गर्ने मन्त्रिपरिषद् निर्णय

- विशेष खबर सोमबार ३२, साउन २०७८ १२:०३

अफगानिस्तानमा रहेका नेपालीकाे तत्काल उद्धार गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडाैं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।’ यस्तै भूपू ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए।

यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेकोले आमरण अनसन फिर्ता लिन सरकारले आह्वान गर्ने निर्णयसमेत भएको प्रवक्ता कार्कीले जानकारी दिए।


#सरकार #अफगानिस्तान #उद्धार

प्रतिकृया दिनुहोस