- विशेष खबर बिहिबार २८, साउन २०७८ ०५:५३
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागमती प्रदेशको हेटौडा शाखा कार्यालयबाट बिहिबार आइएमई जीवनबीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बीमाकं रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको छ ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।
कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।
कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।
उनले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवनबीमा प्रति थप भरोसा रहने बताए ।
प्रतिकृया दिनुहोस