२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

लियोनेल मेसी पिएसजीमा अनुबन्धित

एजेन्सी मङ्गलबार २६, साउन २०७८ ०७:२४

लियोनेल मेसी पिएसजीमा अनुबन्धित

पेरिस। बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्।

पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन् ।

पिएसजीले अब चाँडै मेसीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ। बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका थिए।

बिदाइ कार्यक्रममा मेसीले पिएसजीसँग आबद्ध हुन लागेको कुरा नकारेका थिएनन्। उनले आफूलाई पिएसजी लगायत धेरै क्लबको प्रस्ताव आएको बताएका थिए। बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिएका थिए। 

यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो। आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो।


#पिएसजी #लियोनेल मेसी

प्रतिकृया दिनुहोस