२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिकाे बिस्कुट उद्योगमा भिषण आगलागी

- विशेष खबर शनिबार २३, साउन २०७८ ०८:५८

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिकाे बिस्कुट उद्योगमा भिषण आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिकाे बिस्कुट उद्योगमा आगलागी भएको छ । शक्रबार राति २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो ।

बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको वृत्तले जनाएको छ। आगलागीमा तयारी सामग्री र कच्चा पदार्थ जलेर नष्ट भए पनि के कति क्षति भयो भन्नेबारे यकिन जानकारी नआएको वृत्तले जनाएको छ ।

यसैबीच नेपाली सेनाको हेलिकप्टरबाट पनि आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।


#आगलागी #बालाजु औद्योगिक क्षेत्र

प्रतिकृया दिनुहोस