२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

भारतमा बर्षापछिको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २४ पुग्याे, उद्धार जारीे

एजेन्सी आइतबार १०, साउन २०७८ ०८:२९

भारतमा बर्षापछिको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २४ पुग्याे, उद्धार जारीे

नयाँ दिल्ली । भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन्। अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ।

भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महाराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ । चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको बर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बर्षापछिको डुबानका कारण बिद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचारगराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो । उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।


#भारत # बाढी र पहिरो

प्रतिकृया दिनुहोस