२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

स्रोत नखुलेको ४० लाख रूपैयाँ सहित झापाबाट एक जना पक्राउ

- रासस शनिबार ०९, साउन २०७८ ०८:११

स्रोत नखुलेको ४० लाख रूपैयाँ सहित झापाबाट एक जना पक्राउ

झापा । स्रोत नखुलेको  ४० लाख रूपैयाँसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    
पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका ४० लाख ३७ हजार ६७० रूपैयाँ सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने प्रबक्ता थापाले बताए । 


#पक्राउ #झापा

प्रतिकृया दिनुहोस