२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

- विशेष खबर बुधबार ०६, साउन २०७८ ०८:३६

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा डुबेर तीन युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखाका इन्चार्ज होमप्रसाद चौधरीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् । उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला परेको चौधरीले बताए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।  इकान्तिपुर


#नेपालगन्ज # डुबेर #मृत्यु

प्रतिकृया दिनुहोस