२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २३ जनाकाे मृत्यु

- विशेष खबर आइतबार ०३, साउन २०७८ ०५:५०

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २३ जनाकाे मृत्यु

काठमाडाैं । आइतबार थप १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल ९ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 

संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.७ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ। 


#काेराना संक्रमण

प्रतिकृया दिनुहोस