२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

विश्वभर ३ अर्ब भन्दाबढी डोज कोरोनाकाे खाेप लगाइयो, सबैभन्दा बढी खाेप लगाउने देश कुन ?

एजेन्सी बिहिबार २४, असार २०७८ ०७:२८

विश्वभर ३ अर्ब भन्दाबढी डोज कोरोनाकाे खाेप लगाइयो, सबैभन्दा बढी खाेप लगाउने देश कुन ?

जेनेभा। विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्धकाे खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशहरूको तथ्याङ् यस्ताे रहेका छन् ।  

चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

यस्तै, अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।   

यसैगरि पोल्याडमा ६ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२  लाख  ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 


#काेराेना संक्रमण #काेराेना विरूद्धकाे खाेप

प्रतिकृया दिनुहोस