२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

साताकाे अन्तिमदिन २४ अंकले बढ्याे नेप्से , झण्डै ५ अर्बको सेयर कारोबार

- विशेष खबर बिहिबार २४, असार २०७८ ०५:२७

साताकाे अन्तिमदिन २४ अंकले बढ्याे नेप्से , झण्डै ५ अर्बको सेयर कारोबार

काठमाडौं । सातामा कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अंकले बढेर २ हजार ८ सय २४.८९ विन्दुमा पुगेको छ ।

यो साता आइतबारदेखि सबै दिन घटेको नेप्से बिहीबार करिब २४ अंकले बढेको हो । गत आइतबारदेखि बुधबारसम्म नेप्से करिब साढे ४२ अंकले घटिसकेको थियो ।

बिहीबार करिब ५१ हजार ८ सय ६८ कारोबारबाट २ सय २३ कम्पनीका १ करोड ३१ लख ४३ हजार २ सय ४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढी हो । बुधबार सेयर बजारमा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।


#सेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस