२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अर्जेन्टिना काेपा अमेरिकाकाे फाइनलमा प्रवेश, उपाधिका लागी ब्राजिलसंग भिड्ने

एजेन्सी बुधबार २३, असार २०७८ १०:५७

अर्जेन्टिना काेपा अमेरिकाकाे फाइनलमा प्रवेश, उपाधिका लागी ब्राजिलसंग भिड्ने

ब्रेसिया । कोपा अमेरिका २०२१ को उपाधि भिडन्त दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ ।  अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । 

अर्जेन्टिनाको जितमा गोलरक्षक एमिलानो मार्टिनेज नायक रहे । उनले कोलम्बियाका तीन प्रहार रोकेका थिए । यो जितपछि विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक रहेका लियोनल मेसीको आफ्नो देशका लागि उपाधि जित्ने सपना कायम रह्यो । ब्राजिलविरुद्धको फाइनल आइतबार हुनेछ ।

यसअघि डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिलले पेरुलाई पहिलो सेमिफाइनलमा हराएको थियो । दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले सातौं मिनेटमा लउटारो मार्टिनेजको गोलका अग्रता लिएको थियो । यसका लागि लियोनल मेसीले अवसर मिलाइदिएका थिए। एक गोलले पछाडि रहेको स्थितिमा कोलम्बियाले अर्जेन्टिनामाथि चर्को दबाब सिर्जना गरेको थियो ।

यसै क्रममा कोलम्बियाका लागि लुइस डियाजले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । यो उनको उत्कृष्ट व्यक्तिगत गोल रह्यो । निर्धारित ९० मिनेटको खेलपछि प्रतिस्पर्धा सिधै पेनाल्टीमा गएको थियो ।


#कोपा अमेरिका

प्रतिकृया दिनुहोस